दफा १५
दूषित खाद्य पदार्थ बिक्री बितरण गर्न नहुने
कसैले मानव उपभोगको लागि देहायको कुनै अवस्थाको दूषित खा पदार्थको उत्पादन, प्रशोधन, निकासी, पैठारी, सञ्चय, ढुवानी वा बिक्री वितरणको लागि राख वा बिक्री वितरण गर्न वा गराउन हुँदैन:-

(क) संडे गलेको, फोहोरमैला मिसिएको वा विषाक्त अवस्थामा राखिएको वा तयार पारिएको,

(ख) -मानव उपभोगको लागि अनुपयुक्त हुने गरी केही वा सम्पूर्ण भाग कुनै रोगी वा रोगकारक पशुपन्छी वा हानिकारक वनस्पतिबाट बनेको,

(ग) मानव स्वास्थ्यलाई असर गर्ने रोगकारक सुक्ष्म जिवाणु वा हानिकारक तत्व वा रसायनको मात्रा तोकिएको अधिकतम सीमाभन्दा बढी भएको,

(घ) खाब्य श्रृङ्खलाको कुनै चरणमा अन्तर्विकसित वा बहिर्मिश्चित रसायन, जीवनाशक विषादीको अवशेष, पशुजन्य औषधिको अवशेष, जिवाणुजन्य विष (टक्सिन) को लागि तोकिएको अधिकतम सीमाभन्दा बढी भएको,

(ङ) प्राकृतिक वा कृत्रिम विषजन्य पदार्थ (टक्सिन), हर्मोन वा मनोद्विपक (साइकोट्रपिक) रसायनको प्रयोग गरेको,

(च) तत्कालीन वा दीर्घकालीन असर पुन्याउन सक्ने तोकिएको अधिकतम सीमाभन्दा बढी बिकिरणयुक्त,

(छ) यस ऐन वा प्रचलित कानून बमोजिम खाद्य पदार्थमा प्रयोग गर्नका लागि बन्देज लगाइएको वस्तु वा. पदार्थ प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्रयोग गरिएको ।